बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ दल खोल्ने भएका छन् । अध्यक्ष उपेन्द्र यादवसँगको समझदारीमा नै भट्टराई पार्टीबाट अलग हुन लागेका हुन् । उनले आज भोलिभित्रै नयाँ दल दर्ता गर्ने चर्चा सुरु भएको छ ।

यादव र भट्टराईबीच हिजो मध्यराति भएको समझदारीमा दुवै जना अलग अलग हुने सहमति बनेको हो । जसअनुसार अहिले पार्टीको नाम र चुनाव चिन्ह उपेन्द्र यादव पक्षसँगै हुनेछ । पछिल्लो समय बाबुरामले पार्टीमा आफ्नो पक्षको बहुमत रहेको दाबी गर्दै आएका थिए ।

उनले पार्टी विभाजन गराउनेगरि क्रियाकलाप अघि बढाएपछि भने यादवको साथ छोडेर बाबुरामको पक्षमा खुलेका सांसदहरु भने ब्याक भएका थिए । अहिले बाबुरामले नयाँ दल दर्ता गर्दा जसपबाट को को सांसद जालान् ? भन्ने चासोको विषय बनेको छ ।

यादव पक्षले भने अहिले कृषिमन्त्रीसमेत रहेका सांसद महिन्द्र रायदेखि सांसदहरु राजकिशोर यादव र अमृता अग्रहरी बाबुरामको नयाँ दलमा जानसक्ने अड्कलबाजी गर्न थालेका छन् । पछिल्लो समय महिन्द्रा र राजकिशोर यादव उपेन्द्रसँग असन्तुष्ट छन् । उनीहरुबीच बोलचालसमेत बन्द भएको चर्चा छ ।

तपाईको प्रतिक्रिया