बिहिबार, भाद्र ०२, २०७९
Thursday, August 18, 2022

काठमाडौँ – दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ९ हजार ५९५ नयाँ कोभिड १९ का सङ्क्रमित फेला पारेका छन् ।  यो सँगै सङ्क्रमितको कुल सङ्ख्या १ करोेड ८३ लाख ५९ हजार ३४१ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिन १० हजार ४६३ बाट घटेको बताइएको छ  । तर कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार यो एक हप्ता अघिको ७ हजार  ४९३ भन्दा बढी थियो ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा पाँचले कम भएर ५४ पुगेको छ । थप १० जनाको मृत्यु भएको पुष्टि भएको छ जसबाट मृत्यु हुनेको सङ्ख्या २४ हजार ५४७ पुगेको छ। कुल मृत्यु दर ०.१३ प्रतिशत देखिएको  छ ।

तपाईको प्रतिक्रिया