बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – ताप्लेजुङका होटलमा हुने गरेको यौनधन्दामा बालिका तथा किशोरीहरुको प्रयोग हुने गरेको तथ्य खुलेको छ । हालै एउटी १४ वर्षीया बालिकालाई स्थानीय तीन वटा होटलमा यौनधन्दामा संलग्न गराइएको जानकारी बाहिरिएपछि ताप्लेजुङमा यौनधन्दा भुसको आगो झैँ फैलँदै गएको देखिएको हो ।

स्थानीय एक १४ वर्षे बालकले पसलबाट केही रकम झिकेको (चोरेको) विषयमा अनुसन्धान गर्दै जाँदा प्रहरीले उक्त कुरो पत्ता लगाएको हो । बालकले झिकेको पैसा कहाँ लगियो भन्नेबाट थालिएको अनुसन्धानले बालकदेखि वृद्धसम्मलाई अनुसन्धानको घेराभित्र तानेको बताइन्छ ।

अनुसन्धानबाट एउटी १४ वर्षे बालिकालाई प्रयोग गरेर तीन वटा होटलमा अनैतिक धन्दा चलाइएको प्रहरीले पत्ता लगाएको हो । नाम नबताइएका ती होटल सञ्चालक र धन्दामा संलग्न तीन जना पुरुषलाई प्रहरीले अनुसन्धानमा राखेको छ ।

स्थानीयबासीका अनुसार अनुसन्धानलाई अझ फराकिलो बनाउने हो भने उक्त कार्यमा संलग्न होटल व्यवसायी र व्यक्तिको संख्या धेरै भेटिने छ । फुङलिङमा एक दशकअघि पनि एउटा होटल यस्तै काण्ड भएको थियो । तर त्यतिबेला यौनधन्दामा लगाइएकी महिलाको उमेर बढी थियो ।

तपाईको प्रतिक्रिया