बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ रुसले विदेशी मुद्रामा लिएको ऋण तिर्न असफल भएको छ । पछिल्लो १०० वर्षमा पहिलोपटक रुस विदेशी मुद्राको ऋणमा असफल भएको हो । अमेरिकालगायत पश्चिमी मुलुकले विदेशी ऋणदाताको पेमेन्ट रुपमा लगाएको कडा प्रतिबन्धका कारण रुसले ऋण तिर्न असफल भएको छ । ब्लुमबर्गको प्रतिवेदनका अनुसार युक्रेनसँगको युद्ध सुरु भएको महिनौँसम्म रुसले जरिवाना तिर्दै विदेशी मुद्रामा लिएको ऋण भुक्तानी गर्न बाटो बनाइरहेको थियो ।

तर, आइतबार करिब १०० मिलियन डलरको ब्याज भुक्तानीको म्याद सकियो । अन्तिम मितिमा भुक्तानी गर्न असफल भएमा त्यसलाई डिफल्ट मानिन्छ । यसअघि सन् १९१७ मा रुसले विदेशी मुद्रामा लिएको ऋण तिर्न असफल भएको थियो ।

युक्रेनसँगको युद्धपछि रुसमा आर्थिक स्थिति द्रुत रुपमा परिवर्तन हुँदैछ। रुसको अर्थतन्त्र पश्चिमी देशहरुको व्यापारसहित ऋण चुक्तासम्बन्धी प्रणालीमा धेरै प्रतिबन्धहरुले प्रभावित भइरहेको छ ।

यो डिफल्ट रुसका लागि सुरुवातमात्र हो भन्ने विज्ञहरु बताउँछन् । रुसको आर्थिक संकट र सन् १९९८ मा रुबलको पतन हुँदा तत्कालीन राष्ट्रपति बोरिस येल्तसिनको सरकारले ४० अर्ब डलरको घरेलु ऋण तिर्न असफल भएको थियो ।

तपाईको प्रतिक्रिया