मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दन पनि अनुबन्ध भएका छन्। अभिनेत्री ढुंगानाले उनीसँग सम्झौता भएको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा तस्विर सार्वजनिक गरेकी छन्।

यसअघि उक्त फिल्ममा बलिउड अभिनेता प्रदीपराम सिंह रावत, सुनिल वर्मा र दक्षिण भारतकै चर्चित अभिनेता अलीलगायतले अभिनय गर्ने सम्झौता गरिसकेको निर्माण पक्षले जनाएको छ।

फिल्मको छायांकन बलिउड सिनेमाटोग्राफर कवीरलालले गर्नेछन्। नेपाल र भारतमा सुटिङ हुने ‘ह्रस्व दीर्घ’मा धनन्जय घलानी कास्टिङ डाइरेक्टर छन्। नेपाली कलकार सरोज खनाल र सलोन बस्नेतले पनि उक्त फिल्ममा अभियन गर्नेछन्। फिल्मको निर्देशन चन्द्र पन्तले गर्दैछन्।

तपाईको प्रतिक्रिया