बिहिबार, भाद्र ०२, २०७९
Thursday, August 18, 2022

टोकियो – जापानको कुमामोटो प्रिफेक्चरको तमानामा एक दन्त चिकित्सक पक्राउ परेका छन् । प्रहरीले ६१ वर्षीय दन्त चिकित्सकलाई २० वर्षीया बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो ।

घटना फेब्रुअरी भएपनि प्रहरीले आरोपितलाई आइतबार मात्र पक्राउ गरेको थियो । ती युवतीलाई दन्त चिकित्सकले अंगालो मारेको र परीक्षणको क्रममा उनको स्तन समातेको आरोप छ । शिन्या कोयनागी नामका ती चिकित्सकले युवतीलाई अँगालो हालेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

युवती अक्टोबर २०२१ देखि दन्त चिकित्सालयमा नियमित बिरामी थिइन् । प्रहरीले घटनको अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया