शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टाेकियाे – जापानमा गर्मी बढ्दो रुपमा रहेको पाइएको छ । यहाँका अधिकारीहरुका अनुसार यहाँ प्रत्येक दिनजसो बढी भन्दा बढी मात्रामा गर्मी बढिरहेको पाइएको छ ।

अधिकारीहरुले यहाँको गर्मी इतिहासमै सबैभन्दा धेरै रेकर्ड भएको पाइएको बताएका छन् । उनीहरुका अनुसार यहाँको तातो हावा र गर्मीका कारण उर्जा आपूर्तिको प्रणालीमा पनि असर गर्न सक्ने देखिएको छ । बढी तातोका कारण यस्तो हुन सक्ने भन्दै सर्वसाधारणमा सूचना जारी गरिएको छ । विशेषगरी राजधानी टोकियोमा पनि गर्मीको असर देखिएको छ ।

यहाँको तापक्रम आइतबार ३४ डिग्री सेल्सियसमा रहेको थियो भने आज सोमबार थप एक बढेर ३५ डिग्री सेल्सियस पुगेको बताइएको छ । यो तापक्रम आगामी केही दिनसम्म अझै बढ्न सक्ने भन्दै जापानको जापान मेट्रोलोजिकल एजेन्सीले सतर्क रहन र तातो हावा र मौसमबाट बच्न सक्ने उपायहरु अपनाउन सूचना पनि जारी गरेको छ ।

जापानको मन्त्रिपरिषदका प्रवक्ता योसिहिको इसोजाकीले सर्वसाधारणहरुलाई अति आवश्यक बाहेकका काममा बाहिर ननिस्किन, इन्धनको खपत कम गर्न पनि आग्रह गरिएको जानकारी सोमबार आयोजना गरिएको एक पत्रकार सम्मेलनमा दिनुभएको समाचारमा जनाइएको छ । -एएफपी

तपाईको प्रतिक्रिया