बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – एसीसी महिला टी-२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा सेमिफाइनलबाटै बाहिरिएको टोली सोमबार बिहान स्वदेश फर्किएको हो । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरे पनि वर्षा बाधक बन्दा खेल रद्द भएपछि नेपाल एसिया कप महिला टी-२० क्रिकेट खेल्नबाट वञ्चित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक जगत टमाटाले लक्ष्यको मुखमै पुगेर बाहिरिनुपरेकोमा दुःख व्यक्त गरे । समग्रमा नेपालको प्रदर्शन राम्रो भए पनि वर्षाका कारण नेपाल अभागी साबित भएको टमाटाको भनाई छ । अबका दिनमा थप मिहिनेत गरेर टोलीलाई बलियो बनाउने उनको प्रतिबद्धता छ ।

टमाटाले भने,’ बुमेन्स क्रिकेटको थुप्रै टुर्नामेन्छ छ २०२४ सम्म । यसलाई कन्टिन्युटि दिनुपर्यो । एक्पोजर भेरी इम्पोर्टेन्ट हो र रेगुलर प्रयाक्टिस । यि कुरा भयो भने हामीहरू धरै माथि जान्छौँ । सबले हाम्रो तारिफ गरेको छ, तर ब्याडलक, एउटै म्याचले गर्दा बाहिर भयौँ । फेरी स्ट्रङ भएर आउनेछौँ ।’

तपाईको प्रतिक्रिया