बिहिबार, आषाढ १६, २०७९
Thursday, June 30, 2022

काठमाडौं – प्रतिनिधिसभा बैठकमा न्यायाधीश राजकुमार कोइरालाको घुस प्रकरणसम्बन्धी अडियोको विषय उठाइएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद् लीलादेवी सिटौलाले न्यायाधीश कोइराला र नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेलबीच भएको भनिएको संवादको विषय उठाएकी हुन् ।

उनले अरू क्षेत्रजस्तै न्यायालय पनि ‘सेटिङ’मा चलेको भन्दै आक्रोश पोखिन् । “नेपालकै न्यायालय कस्तो छ भन्ने प्रस्टै जनताको आँखाले देख्ने गरी निस्कियो । दुःखका साथ भन्नुपर्छ, यो देशमा सरकारी निकायमा रहनेहरू, राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेका छन्,” उनले भनिन्, “देश डुबिरहेको छ । मुद्रा सञ्चितिको स्थिति बिजोग छ । देश टाट पल्टिएको छ । अदालत सेटिङमा घुस खान्छ ।”

उनले यसका विरुद्ध सिंगो संसद् एकजुट भएर उभिनुपर्ने बताइन् ।

तपाईको प्रतिक्रिया