बिहिबार, आषाढ १६, २०७९
Thursday, June 30, 2022

काठमाडौं – दुई दर्जन नेपाली सर्ट फिल्महरुको प्रतिस्पर्धामा आसुतोष प्रोडक्सनको फिल्म ‘थर्ड आई’ ले सर्वोत्कृष्ट सर्ट फिल्मको अवार्ड जितेको छ । स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियशनले आयोजना गरेको सर्ट फिल्महरुको प्रतिस्पर्धामा विभिन्न १३ विधामा अवार्ड प्रदान गरिएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड फिल्म अवसानबाट कल्यान अधिकारीले जितेका छन् । उत्कृष्ट अभिनेताको अवार्ड प्रदीप बास्तोलाले जिते भने अभिनेत्रीको अवार्ड फिल्म म मेरी बहिनी र उबाट सुजाता तिमल्सिनाले हासिल गरिन् ।

प्रतिस्पर्धामा फिल्म दानवबाट मोहम्मद रफी शाहले निर्देशनतर्फ नै जुरी अवार्ड प्राप्त गरे भने फिल्म १२ ए एमबाट नव निर्देशकको अवार्ड दिवस गिरीले प्राप्त गरे । उत्कृष्ट छायांकारको फिल्म कलेज लाईफबाट मनोज चौधरीले पाए । उत्कृष्ट सम्पादनको अवार्ड फिल्म इतिबाट नविन निरौलाले प्राप्त गरेका छन् ।

नव अभिनेताको अवार्ड द टाईमबाट अभिषेक खकुरेलले प्राप्त गरे भने नव निर्देशकको अवार्ड पनि द टाईमबाटै सुदीप कुँवरले जिते । नेपाल सर्ट फिल्म अवार्डको निर्णायकमा निर्देशक मधुसुदन भट्टराई, पत्रकार तथा चलचित्र निर्देशक लक्ष्मण सुवेदी, पत्रकार विष्णु प्रसाद सुवेदी, अभिनेता विकाश चापागाईं, गजित बिष्ट, गोपाल ढकाल ‘छन्दे’ र चलचित्र लेखक शिवम अधिकारी थिए ।

नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा यो अवार्ड सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया