बिहिबार, आषाढ १६, २०७९
Thursday, June 30, 2022

काठमाडौँ – सुर्वण थापा निर्देशित फिल्म ‘म’ को टिजर सार्वजनिक भएको छ।  सार्वजनिक टिजरमा एक अपाराधिक घटनाको छानबिनमा रहेका विभिन्न पात्रलाई देखाइएको छ।  ‘म’ कन्तिपुर फिल्म एकेडेमीले पहिलोपटक निर्माण गरेको फिल्म हो।

सस्पेन्स र थ्रिलर जनरामा निर्माण भएको फिल्ममा आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरूको कथा छ। फिल्ममा निराजन प्रधान, रुविना थापा, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली र पुनम श्रेष्ठलगायत कलाकारहरूको अभिनय छ। फिल्मको कथा प्रकाश पुरीले तयार पारेका हुन्।

तेन्जिन पाल्देनले छायांकन गरेको फिल्मलाई बनिस शाहले सम्पादन गरेका छन्। विमला हुमागाईं निर्माता रहेको फिल्ममा पदम पुरी सह-निर्माता रहेका छन्। यो फिल्मलाई फिल्म वितरक कम्पनीहरू डिसिएन र एफडीले वितरण गर्दैछन्।

यो फिल्म साउन २० गते देखि प्रदर्शन हुनेछ।

 

 

तपाईको प्रतिक्रिया