सात तस्बिरमा रोपाइँको चटारो काठमाडौंको शंखरापुर नगरपालिकाको साँखुमा रोपाइँ गर्नुअघि आली चिल्याउँदै किसान । रोपाइँ गर्नुअघि ट्याक्टरले माटो हिलो बनाएपछि खेतको गह्रामा जम्मा भएको पानी बाहिर नजाओस् भनेर आली लगाइन्छ । उक्त आलीबाट पानी नचुहिनेगरी त्यसलाई चिल्याउने गरिन्छ । बैतडीको पाटन नगरपालिका–६, मैतोडामा रोपाइँ सकिएपछि देखिएको खेत । ललितपुरको छम्पीमा धान रोप्दै रोपाहार। छम्पीमा धान रोपेपछि खेतको आलीमा बसेर खाजा खाँदै रोपाहार । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ डाँछीमा रोपाइँमा व्यस्त किसान । ललितपुर छम्पीमा धान रोप्नका लागि गोरु जाेतेर माटो हिलो बनाउँदै किसान । भक्तपुरमा रोपाइँ गर्दै किसान । प्रकाशित मिति: शनिबार, आषाढ ०४, २०७९ प्रकाशित समय: १८:०१:३२