शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – मङ्किपक्सको आशङ्का गरिएको एक जना व्यक्तिमा कुष्टरोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार रहेका व्यक्तिमा कुष्टरोग रोग पुष्टि भएको जानकारी दिइन् ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न छ ठाउँबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा ती व्यक्तिको आँखा र कानको तीन नमूनामा कुष्टरोगको जिवाणु भेटिएको हो । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्किपक्सको आशङ्कामा बिहीबार टेकु अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।

अहिलेसम्म २९ वटा देशमा मङ्किपक्स देखापरेको र एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । तर, नेपालमा भने अहिलेसम्म मङ्किपक्सको बिरामी नेपाल फेला परेका छैनन् ।

तपाईको प्रतिक्रिया