मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेटअनुसार बालेन शाहले ३५ हजार ७५१ मत ल्याएर अग्रता बनाइरहेका छन् ।

बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा १६ हजार २३६ मतले अगाडी रहेका छन् । केशव स्थापितले १९ हजार ५१५ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १९ हजार ४५८ मत प्राप्त गरेकी छन् । यस अघि धेरै पछाडि रहेकी सिर्जना अब स्थापित भन्दा केबल ५७ मतले मात्र पछाडि रहेकी छन् ।

काठमाडौँ महानगरको वडा नम्बर १, २, ३, ५, ६, ८, २७, २८, २९, ३० र ३२ को मतगणना सकिएको छ भने अहिले वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६, ३१ को मतगणना भइरहेको छ । काठमाडौँ महानगरमा अहिलेसम्म ९७ हजार ५४८ मत गणना भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । त्यस्तै अब ९३ हजार ६३८ मत गणना गर्न बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया