शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता गठबन्धनले देशमा विकासको यात्रा प्रारम्भ गरेको बताएका छन् । उनले चुनावी तालमेल पनि सफल भएको बताएका छन् ।

मध्यपुर थिमि नगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट विजयी उम्मेदवारलाई शनिबार बिहान खुमलटारमा बधाई दिंदै उनले गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचनसम्म लिएर जाने बताए ।

‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा शुरु गर्न खोजेको हो । मूलभूत रूपमा गठबन्धन सफल भएको हो’, उनले भने, ‘यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने संकल्प हो । यसमा हामी गठबन्धनका दलहरू दृढ छौं ।’

प्रचण्डले निर्वाचित जनप्रतिनिधिहरूलाई विकास, समृद्धि र जनताको हितमा राम्रो काम गर्ने चुनौती रहेकोतर्फ सचेत गराएका छन् ।

तपाईको प्रतिक्रिया