शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा १५४३५ मतले अगाडि छन् ।

साहले ३३६२४ मत ल्याएका छन् भने स्थापितले १८१८९ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह १८०५४ मत ल्याएकी छन् ।

उपप्रमुखतर्फ एमालेकी सुनिता डंगोलले २६५७५ मत ल्याएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८५९१ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया