शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

लसुन हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । लसुन स्वस्थ शरीर र छालाको लागि धेरै उपयोगी हुन्छ । तपाईंले आफ्नो शारीरिक समस्याका लागि लसुन धेरै पटक प्रयोग गर्नुभएको होला ।

तर के तपाईंले छालाको लागि लसुन प्रयोग गर्नुभएको छ ? लसुन छालाको लागि निकै फाइदाजनक हुने गर्छ । यसबाट छालाको पिम्पलदेखि चाउरी परेको दागलाई समेत कम गर्छ ।

पिम्पल
लसुनको सहयोगले पिम्पलको समस्याबाट छुटकारा पाउन सकिन्छ । यदि तपाईंलाई पिम्पल्सको समस्या बढी छ भने लसुन लिनुहोस् र त्यसको पेस्ट बनाउनुहोस् । अब यो पेस्टमा आधा चम्चा सेतो भिनेगर हाल्नुहोस । यो पेस्ट अनुहारमा राम्ररी लगाउनुहोस् । यसले तपाईंको पिम्पलमा धेरै राहत दिनेछ ।

स्ट्रेच मार्क
स्ट्रेच मार्कको उपचार लसुनमा लुकेको हुन्छ । यदि तपाईंको छालामा स्ट्रेच मार्कहरू छन् भने, तपाईं यसलाई लसुनले उपचार गर्न सक्नुहुन्छ । यसका लागि पहिले तोरीको तेललाई १ चम्चामा तताउनुहोस् । यसमा दुईदेखि तीन वटा लसुनको ल्वाङ हाल्नुहोस् । अब लसुनलाई हल्का खैरो पारेर आगोबाट निकालेर केही बेर चिसो हुन दिनुहोस् । मनतातो हुँदा यो तेलले स्ट्रेच मार्कमा मालिस गर्नुहोस् । यसले केही दिनमै स्ट्रेच मार्क्स हटाउँछ ।

फोका हराउँछ
आफ्नो अनुहारमा फोकाको समस्याको सामना गर्दै हुनुहुन्छ भने, लसुनले तपाईंलाई धेरै मद्दत गर्नेछ । रगतको कमीका कारण अनुहारमा फोकाहरू देखिन थाल्छन् । यसबाट छुटकारा पाउनका लागि, एक चौथाइ कप पानी लिनुहोस् र यसलाई तताउनुहोस् । यसमा लसुनको रसको केही थोपा हाल्नुहोस् । फोकाको लागि यो पानी दैनिक सफा गर्नाले धेरै राहत मिल्नेछ ।

तपाईको प्रतिक्रिया