बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु जस्ता ग्यास्ट्रिकको समस्या नेपालीको आमसमस्या हो । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्नेलगायत समस्या हुन्छन् ।

यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ ।

यस्ता खानेकुराको प्रयोग गर्नुहुँदैन

एसिडयुक्त खानेकुरा

ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु-याउँछ । टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदै नखानु उत्तम हुन्छ ।

दुग्धजन्य पदार्थ

दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ । यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ ।

मदिरा र चिया र कफी

नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ । ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ ।

मसालेदार खानेकुरा

ग्यास्ट्राइटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसालेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन । प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या बढाउने गर्छ ।

प्रशोधित खानेकुरा

त्यसैले, सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याम), ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन । जथाभावी दुखाइ कम गर्ने औषधि र पिरो खानेलाई ग्यास्ट्रिकले सताउँछ।

ग्यास्ट्रिकका लक्षण

माथिल्लो पेटमा असजिलो महसुस हुन्छ।

खाना खाएपछि अप्ठ्यारो हुने

पेट दुख्ने

अमिलो पानी र डकारआउने

ग्याष्ट्रिक बढेर अल्सर भएको भए राति धेरै पेट दुख्ने।

दिसा कालो र रगत मिसिएको हुने ।

के खानुपर्छ ? के खानुहुँदैन ?

ग्याष्ट्रिक भएपछि सन्तुलित भोजन गर्नै पर्छ। लामो समयसम्म भोकै बस्नु हुँदैन। तर, धेरै तातो खानेकुरा भने खानु हुँदैन। मदिरा र सुर्तीजन्य पदार्थबाट बच्नुपर्छ। चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामा खान सकिन्छ।

उपचारग्याष्ट्रिकको पहिलो उपचार भनेको सतर्कता अपनाउने नै हो । सुन्तला, कागती, भोगटे लगायतका फलफूल खानुहुँदैन। डाक्टरको सल्लाह लिएर मात्र औषधि खानुपर्छ, जथाभावी गर्नु हुँदैन ।

जँचाएर कुन किसिमको ग्याष्ट्रिक हो भन्ने पत्ता लगाउनुपर्छ। ग्याष्ट्रिकको प्रकृति हेरेर उपचार गर्नुपर्छ। अल्सर भएको छ भने त्यसको उपचार अलि फरक ढंगले गर्नुपर्छ। ‘एचपाइरल’ भन्ने जिवाणु छ भने त्यो पेटको क्यान्सरसँग पनि जोडिएको हुन्छ। यसको निदान दीर्घकालीन तरिकाले गर्नुपर्छ।

भित्र घाउ भएर रक्तश्राव भएको छ भने यस्तो अवस्थामा रगत समेत दिनुपर्ने हुन्छ। इन्डोस्कोपी गरेर अल्सरमा भएको घाउ उपचार गर्नुपर्छ। औषधिले पनि ग्याष्ट्रिक ठीक नभए शल्यक्रिया गर्नुपर्ने हुन सक्छ।

तपाईको प्रतिक्रिया