शनिबार, जेठ ०७, २०७९
Saturday, May 21, 2022

काठमाडौँ – मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षको छिनोफानो गोलाप्रथाबाट भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका कैले गुरुङ विजयी भएका छन् ।

निर्वाचनमा उनको र काँग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाको बराबर ३०–३० मत आएको थियो । त्यसपछि गोलाप्रथा हुँदा  कैले गुरुङ विजयी भएका हुन् ।  गुरुङ यसअघि पनि  सोही वडाका अध्यक्ष थिए ।

तपाईको प्रतिक्रिया