काठमाडाैं – काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो मतगणना अनुसार शाहले ३१२ मत पाएका छन् ।
दोस्रोमा उक्लिएका एमालेका केशव स्थापितले २५१ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा झरेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७८ मत पाएकी छन् । मतगणना जारी छ ।