शनिबार, जेठ ०७, २०७९
Saturday, May 21, 2022

काठमाडौं – बाजुराका खप्तड छेडेदह १ काँडाको वडाध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर रावल प्यानलसहित विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दानबहादुर रोकायालाई ४१ मतले पछि पार्दै वडाध्यक्षमा विजयी भएका हुन् ।

वडा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । रावल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्ष विजयी भएका थिए ।

अघिल्लो महिलामात्रै नेकपा एमाले परित्याग गरेका उनलाई कांग्रेसले वडाध्यक्षको उम्मेदवार बनाएको थियो । साबिकको काँडामा गठबन्धन भएको थिएन भने कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा हुने आकलन गरिएको थियो ।

तपाईको प्रतिक्रिया