शनिबार, जेठ ०७, २०७९
Saturday, May 21, 2022

काठमाडौं – श्रीलंकाका राष्ट्रपति गोटबाया राजापाक्षेले पूर्व प्रधानमन्त्री रनिल विक्रामसिंघेलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । देशमा आर्थिक संकटका बिचमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि रनिल नयाँ प्रधानमन्त्री बनेका हुन् ।

रनिल यस अघि पाँच पटक श्रीलंकाको प्रधानमन्त्री बनिसकेका छन् । उनी पहिलो पटक १९९३ देखि १९९४ सम्म प्रधानमन्त्री बनेका थिए । केही दिन जारी रहेको यस हिंसामा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य २०० भन्दा बढी घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया