बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं  फिल्म ‘कबड्डी ४’ को ट्रेलर र ‘केशरी’ बोलको गीतले नेपाल र विदेशमा जबर्जस्त हाइप बनेको छ । त्यसमाथि यसलाई ‘कबड्डी’को अन्तिम सिरिज भनिएकाले दर्शकहरु फिल्म हेर्नका लागि औंला भाँचेर बसेका छन् । यसपटक काजी (दयाहाङ राई) को बिहे हुन्छ कि हुँदैन भन्ने कुराले पनि प्रतिक्षीत बनेको यस फिल्मले नेपालमा २०७८ यताकै सबैभन्दा ठूलो ओपनिङ गर्ने धेरैको विश्लेषण छ ।

‘कबड्डी ४’ नेपालसँगै विदेशी भूमिमा पनि प्रदर्शनका लागि तयारीमा अवस्थामा छ । बेलायत, अष्ट्रेलिया, अमेरिका, न्युजिल्याण्ड, हङकङ, जापान, क्यानडालगायतका देशमा फिल्मको राइट्स विक्री भइसकेको छ । जसबाट निर्माताको हातमा २ करोड परेको छ । नेपाल प्रदर्शन अगावै लगानी सुरक्षित गरेको फिल्मको डिजिटल राइट्स पनि महंगोमा विक्री भइसकेको जानकारी प्राप्त छ ।

कोरोना महामारीका कारण ‘कबड्डी’को तेस्रो सिरिजको विदेश प्रदर्शन चौपट भएको थियो । तर, चौथौ सिरिजले निर्मातालाई मालामाल बनाएको छ । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङका अलावा सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङलगायतको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् ।

तपाईको प्रतिक्रिया