शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत अवस्थामा भेटिएकी छन । ।

प्रशिक्षणकै क्रममा केही दिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको प्रहरीले जानकारी दिएकाे छ ।

सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको थियो भने झ्यालमा ग्रिल लगाइएको थियाे ।प्रारम्भिक अनुसन्धानले आत्महत्या देखिने प्रहरीले जनाएको छ । तर यसबारे अनुसन्धान भैरहेको छ ।

१९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन सन्जु काठमाडौं आएकी थिइन् । बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुई वर्ष अघि स्वदेशमा भएको १३ औं सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् । सागमा स्वर्ण पदक जित्ने उनी पहिलो महिला नेपाली खेलाडी हुन् ।

सागमा सन्जुले महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् ।

तपाईको प्रतिक्रिया