बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – टेस्ट खेलाडी समावेश रहेको जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय श्रृंखला (सिरिज) नेपालले जितेको छ । तेस्रो खेलमा ६ विकेटको सानदार जित निकाल्दै नेपालले जितेको श्रृंखला जितेका हो ।

एकदिवसीयको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा नेपालले ९ विकेटको सानदार जित दर्ता गर्दै सिरिजमा बराबरी गरेको थियो ।

तर, आजको निर्णायक तेस्रो खेलमा नेपालले जित निकाल्दै सिरिजमाथि २-१ ले कब्जा जमाएको हो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै अर्धशतक बनाए ।

तीन खेलको एकदिवसीय सिरिजमा जिम्बावेले पहिलो खेल जितेको थियो । नेपालले लगातार दुई खेल जित्दै सिरिज कब्जा गरेको हो । यसअघि ३ खेलको टि२० सिरिज १-१ को बराबरीमा सकिएको थियो ।

तपाईको प्रतिक्रिया