शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

प्रियंका चोपडा र निक जोनसले केही समय अगाडि सरोगेसी मार्फत आफूहरु मातापिता भएको बताएका थिए। छोरीको आमाबुवा बनेका यी जोडीले ‘मदर्स डे’ का अवशरमा छोरी (मालती) लाई अस्पतालबाट घर ल्याएका छन्। प्रियंकाले लामो स्टेटस राख्दै सामाजिक सञ्जालमा मालती ‘प्रिमेच्यूर’ जन्मिएको र एनआइसियूमा १०० दिन बसेको उल्लेख गरेकी छन्।

मालतीको जन्म जनावरीमा भएको प्रियंका र निकले बताएका थिए। छोरीको नाम मालती मारिया चोपडा जोनस राखिएको छ । यो नाम प्रियंका र निकको आमाहरुको नामसँग जोडिन जान्छ।

तपाईको प्रतिक्रिया