शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – भदौ अन्तिम साता चीनको ग्वाङ्झाउमा हुने भनिएको १९ औं एसियाली खेलकुद (एसियाड) स्थगित भएको छ ।

कोभिड-१९ का कारण एसियाड स्थगित भएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) का कार्यवाहक अध्यक्ष रणधीर सिंहले बताए । एसियाड भदौ २५ देखि असोज ९ गतेसम्म हुने तालिका थियो । स्थगित एसियाड सन् २०२३ मा हुने बताइएको छ ।

ओसिएको शुक्रबार बसेको कार्यकारी बोर्ड बैठकले एसियाड स्थगित गर्ने निर्णय गरेको हो । एसियाडका लागि ५६ स्थानमा तयारी पुरा भइसकेको जनाएको छ । एसियाडमा ४४ देशका ११ हजार भन्दा धेरै खेलाडी सहभागी हुने बताइएको थियो ।

एसियाडमा नेपालले २३ खेलमा भाग लिने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको थियो । एसियाडका लागि नेपालमा पनि खेलाडी छनोट भइरहेको छ ।

तपाईको प्रतिक्रिया