शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारीका कारण विश्वमा एक करोड ५० लाख मानिसको मृत्यु भएको जनाएको छ ।

कोरोना महामारी सुरु भएपछि दुई वर्षको अन्तरालमा विश्वमा प्रारम्भिक अनुमान भन्दा १३ प्रतिशत बढी मानिसको मृत्यु भएको डब्लुएचओले जनाएकाे छ । विभिन्न मुलुकबाट उपलब्ध तथ्यांक भन्दा बढी मानिसको मृत्यु भएकाले प्रारम्भिक आँकडा भन्दा बढी मानिसको मृत्यु कोरोनाकै कारण भएको डब्लुएचओको दावी छ ।

विश्वभर ५७ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला कोरोना महामारीको सिकार भएको डब्लुएचओको तर्क छ । मध्यम आय भएका देशहरुमा यो मृत्युदर अत्याधिक रहेको डब्लुएचओको दावी छ । डब्लुएओले प्रयोग गरेको मापनलाई आधारमा महामारीका क्रममा अपेक्षा भन्दा बढी मानिसको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

तर कतिपय मुलुकले भने कोरोना महामारीको समयमा अस्पतालको पहुँच र समयमै उपचार नभएर पनि धेरै मानिको मृत्यु भएपनि कोरानाकै कारण भनिएकाले डब्लुएचओको तथ्यांक अझै पूर्ण नभएको बताएका छन । कोरोनाका तुलनामा अन्य कारण बाट इजिप्टमा ११ दशमलव ६ गुणा, भारतमा ९ दशमलव ९ गुणा बढीको मृत्यु भएको बताइएको छ ।

डब्लुएचओका अनुसार भारतसँगै सबैभन्दा बढी मृत्यु हुने देशमा रुस, इन्डोनेसिया, अमेरिका, ब्राजिल, मेक्सिको र पेरु रहेका छन ।

तपाईको प्रतिक्रिया