शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं– गायक स्वप्न सुमनले बिहे गरेका छन्। उनले गत बुधबार अभिनेत्री ज्योत्सना योगीसँग बिहे गरेका हुन्।

उनीहरूले सानो पारिवरिक जमघटबीच बिहे गरेका जनाइएको छ।

विशेषगरी युवामाझ लोकप्रिय गायक स्वप्न सुमनका ‘कसरी भनुँ तिमीलाई’, ‘म तिम्रो’, ‘याद म राख्नेछु’ लगायत गीत चर्चित छन्।

२७ वर्षीय स्वप्न सुमनले आफ्नो सांगीतिक करिअर युट्युबबाट सुरू गरेका थिए। सन् २०१२ देखि युट्युबमा आफूले गाएको भिडिओ हाल्थे। सन् २०१४ मा उनको पहिलो गीत ‘के साह्रो राम्री भको’ सार्वजनिक भएको थियो।

त्यस्तै २८ वर्षीया अभिनेत्री ज्योत्सना योगी म्युजिक भिडियो र विज्ञापनहरुमा काम गरेकी छिन्। उनी सन् २०७३ मा प्रदर्शनमा आएको फिल्म ‘म त तिम्रै हुँ’मा मुख्य अभिनेत्रीको रुपमा देखिएकी थिइन्।गायक नितेशजंग कुँवरको ‘फ्लर्टी माया’ जस्ता म्युजिक भिडियो र थुप्रै विज्ञापनहरूमा उनले अभिनय गरिसकेकी छन्।

तपाईको प्रतिक्रिया