शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – सूचना प्रविधिसम्बन्धी विभिन्न सात विषयमा निःशुल्क अनलाइन तालिम हुने भएको छ । राष्ट्रिय आईसीटी दिवसको अवसरमा जडिबुटी, नरेफाटस्थित तान्भिटेकले निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो ।

तालिम यही वैशाख २४ गते अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछ । हरेक शनिबार बेलुकी आयोजना हुने तालिम असार ४ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।

‘तान्भिटेक फ्री वेबिनार’  नाम दिएको तालिममा डोमेन नेम, वेब होस्टिङ, वेब डेभलपमेन्ट, आईटी र आईसीटी शिक्षा, सिस्को ट्रयाक, ग्लोबल सट्रिफिकेसन, डिजिटल मार्केटिङ, साइबर सेक्युरिटीसँग सम्बन्धित विषयमा तालिम प्रदान गरिने बताएको छ ।

इच्छुकले यहाँ क्लिक गरी नाम टिपाउन सक्नेछन् ।

तपाईको प्रतिक्रिया