काठमाडाैं – बारा जिल्लाको निजगढ नगरपालिकाको नगरप्रमुखमा दिनेश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बारा जिल्लाको निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एकिकृत समाजवादीको तर्फबाट उनले नगरपालिकाको नगरप्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि तोकेको समयसीमा सकिएको छ । आयोगले आइतबार र सोमबार दुई दिन उम्मेदवार मनोनयनका लागि समय छुट्टयाएको थियो ।
सो समय सोमबार अपरान्ह ५ बजेसम्म थियो । मनोनयनको समय सकिएसँगै आयोग विवरण संकलनमा जुटेको छ । स्थानीय तह निर्वाचनको मतदान वैशाख ३० गते हुँदैछ ।