Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ताको गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड औस्टिन आज युक्रेन पुगेका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार ओलेक्सी एरोस्टोभिचले जानाकारी गराए अनुसार हाल उनिहरुको वार्ता चलिरहेको छ । रुस र युक्रेनको युद्ध सुरु भएयता युक्रेन भ्रमणमा निस्किने अमेरिकाका वरिष्ठ अधिकारीहरुनै यिनै हुन् , यधप्पी अमेरिकाले आफ्ना वरिष्ठ अधिकारीहरूको युक्रेन भ्रमणका बारेमा अहिलेसम्म केही प्रतिक्रिया जनाएको छैन ।

रुसले युक्रेन माथि हमला सुरु गरेसँग अमेरिका युक्रेनको पक्षमा देखिदै आएको छ भने रुस माथि विविध प्रतिबन्धसमेत लगाउदै आएको छ । यस्तै गरी पछिल्ला दिनहरुमा अमेरिकाले युक्रेनलाई सैन्य सहयोग समेत गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया