Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – बुटवल उपमहानगरपालिकामा नेकपा (एमाले) र राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी तालमेल गर्ने सहमति गरेका छन् । शनिवार नेकपा (एमाले) बुटवल उपमहानगरपालिका कमिटी अध्यक्ष किसन ज्ञवाली र  राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष भेकबहादुर सारू मगरबीच वैशाख ३० गते हुने निर्वाचनको लागि तालमेल गरेर अगाडि बढ्ने सहमति भएको हो ।

गएको निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीको उम्मेदवारले १ हजार १५१ मत ल्याएका थिए । सहमतिअनुसार उपमहानगर प्रमुख-उपप्रमुखसहित सबै वडाध्यक्ष समेत ८६ पदमा राष्ट्रिय जनमुक्ति पार्टीले नेकपा एमालेको पक्षमा मतदान गर्ने र राष्ट्रिय जनमुक्ति पार्टीले पाएका ११ जना सदस्य पदमा नेकपा एमालेले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई मतदान गर्ने सहमति भएको छ ।

बुटवल उपमहानगरपालिका प्रमुखमा सत्तारुढ गठबन्धनले नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डेलाई मेयरमा अगाडि सारेको छ । एमालेले शनिवार साँझसम्म उम्मेदवार टुंगो लगाउने बताइएको छ ।

तपाईको प्रतिक्रिया