काठमाडौं – चन्द्रागिरि नगरपालिकाको एक वडामा आयोजित महिलालाई साडी बाँड्ने कार्यक्रम निर्वाचन आयोगको निर्देशनपछि राेकिएकाे छ । आयोगले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै चन्द्रागिरि नगरपालिकाको वडा नम्बर ८ ले आयोजना गरेको सो कार्यक्रम तत्काल रोकन निर्देशन दिएको हो ।हिजो शुक्रबार सो वडाका वडाध्यक्ष सन्तोष खड्काको हस्ताक्षरसहित जारी एक सूचनामा महिलाहरूलाई शनिबार दिउँसो २ बजे साडी बाँड्न लागेको उल्लेख गरिएको थियो । ‘वडा कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरूले तपसिलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकोले वडा कार्यालयमा आई साडी बुझिलिनु हुन अनुरोध छ,’ वडाध्यक्ष खड्काले जारी गरेको सूचनामा उल्लेख छ ।
तपाईको प्रतिक्रिया