बिहिबार, मंसिर २१, २०८०
Thursday, December 7, 2023

काठमाडाैं –  राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देश अरबीहरूको नोकर उत्पादन गर्ने कारखाना भएको आरोप लगाएका छन् । मोरङको बेलबारीमा शुक्रबार आयोजित नगर सभालाई  सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले करिब ३ दशक सत्ता सम्हालेका राजनीतिक दलहरूले देशलाई पूर्णरुपमा बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको आरोप लगाउँदै भने, ‘जुन देशको जनसङ्ख्या ३ करोड पुगेको छैन‚ त्यो देशका पचासौँ लाख युवा वैदेशिक रोजगारीमा छन् ।’

देश बन्छ भनेर फेरि तिनै नेतालाई भोट दिनु भनेको साँढेको टाङमुनि बाल्टिन थापेर दूध आउँछ भनेजस्तै भएको उनले व्यङ्ग्य गरे । ‘त्यसलाई दूध दिएन भनेर सुमसुम्याउँदा पनि हुँदैन, कुँडो थपिदिँदा पनि हुँदैन,’ उनले भने, ‘किनभने साँढेको धर्म नै दूध दिने होइन ।’

तपाईको प्रतिक्रिया