Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ३०, २०८१
Sunday, December 15, 2024

काठमाडौं – पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधान सभाकी सदस्यसमेत रहेकी शेर्पालाई खादा ओढाएर पार्टीमा स्वागत गरे ।

शेर्पा यसअघि एमालेमै थिइन् । पछि उनी माओवादी प्रवेश गरेकी थिइन्। २०६४ सालको संविधान सभामा उनी एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् । पहिलो संविधान सभा विघटन भएपछि शेर्पा माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् ।

माओवादीमै हुँदा उनी अस्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन् । मानव तस्करीको आरोप लागेपछि शेर्पालाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ मंसिरमा फिर्ता बोलाएको थियो ।

तपाईको प्रतिक्रिया