शनिबार, मंसिर १६, २०८०
Saturday, December 2, 2023

काठमाडौं – नायिका केकी अधिकारी विवाह गरेकी छन् । अधिकारीले आफ्नो फेसबुकमा एक स्टाट्ससहित विवाहका तस्बिरहरू सेयर गरेकी छिन् । उनले व्यवसायी समेत रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् ।

उनले लेखेकी छिन्, ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरूप यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौँ। यहाँहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौँ ।’

उनले बुधबार नै विवाह गरेको हल्ला चलाईएतापनि हिजो मेहेन्दी मात्र गरेकी अधिकारीले आज विवाह गरेकी हुन् ।

तपाईको प्रतिक्रिया