टोकियो – जापानमा आधाभन्दा बढी विद्यार्थीमा पढन् इच्छा हराएको एक सर्वेक्षणले देखाएको छ । बिनिज एजुकेशनल रिसर्च एन्ड डेभलपमेन्ट र टोकियो विश्वविद्यालयको इन्ट्च्यूट अफ सोसल साइन्सले गरेको सर्वेक्षणले यस्तो देखाएको हो ।
सर्वेक्षणको रिपोर्टअनुसार प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहमा अध्ययनरत ५४.३ प्रतिशत विद्यार्थी पढ्न इच्छुक नभएको देखाएको छ । हालै भएको उक्त सर्वेक्षणले कोरोना भाइरसको महामारीका कारण विद्यार्थीको पढ्ने उत्सुकतामा कमी आएको देखाएका हो । सर्वेक्षणअनुसार कोरोना भाइरसको महामारी शुरु हुन अघि सन् २०१९ मा यो अनुपात ४५.१ प्रतिशत थियो भने सन् २०२० मा महामारी शुरु भएपछि ५०.७ प्रतिशत छ।
यो सर्वेक्षण सन् २०१५ मा पहिलो पटक संकलन गर्न शुरु गरिएको थियो । सर्वेक्षणका लागि सन् २०२१ को जुलाईदेखि सेप्टेम्बरको बिचमा १० हजार विद्यार्थीको प्रतिक्रिया समावेश गरिएको थियो । सबै तहका विद्यार्थीमा पढाई प्रतिको इच्छामा हालसम्मकै कमी पाइएको सर्वेक्षणको रिपोर्टमा उल्लेख छ ।