Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानले विद्युतीय स्कुटर चलाउन लाइसेन्स नै चाहिनु पर्ने व्यवस्था खारेज गर्ने भएको छ । मंगलबार जापानको मन्त्रिपरिषद्ले विद्युतीय स्कुटर चलाउनेहरूलाई लाइसेन्स आवश्यकता नपर्ने कानुन पारित गरेको हो ।

कानुन पारित भएपनि १६ वर्षभन्दा कम उमेरका नाबालिगहरूले भने स्कुटर चलाउन पाउने छैनन् । नयाँ नियम प्रतिघण्टा अधिकतम २० किमीका दरले गुड्ने विद्युतीय स्कुटरका लागि हो । प्रतिनिधि सभाले पारित गरेको सडक ट्राफिक कानुनमा गरिएको संशोधन अन्तरगत यो व्यवस्था गरिएको छ । संशोधित कानुनले चौथो स्तरको स्वचालित मेबिलिटि सेवा जस्तै चालकरहित बसहरूलाई पनि समेट्नेछ ।

पछिल्लो समय जापानमा विद्युतीय स्कुटरप्रतिको आकर्षण बढेको छ । प्रयोगकर्ताहरूलाई सवारी साधन वा बाइसाइकल लेनमा यस्ता स्कुटर चलाउन दिइन्छ । फुटपाथमा भने प्रतिघण्टा ६ किमीसम्मको गतिमा यसलाई चलाउन अनुमति छ । नियमन २ वर्षभित्र लागू हुनेछ ।

तपाईको प्रतिक्रिया