बुधबार, मंसिर २०, २०८०
Wednesday, December 6, 2023

काठमाडौँ – ठमेलस्थित होटल मनाङमा आयरल्यान्डका नागरिक मृत भेटिएका छन् । आयरल्याण्ड घर भएका एलेन म्याक्स फिलिप्स मृत अवस्थामा भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए ।

एसएसपी कुँवरका अनुसार फिलिप्स होटलको छैटौं तला माथिबाट खसेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनको शव होटलको पहिलो तलामा रहेको स्विमिङ पुलमा भेटिएको छ । बुधवार बिहान ३ बजेतिर फिलिप्स अरु दुईजना साथीसँग सो होटलमा पुगेका थिए ।

ठमेलस्थित न्यू एभरेष्ट होटलमा बस्दै आएका उनीहरु बाटो भुलेर सो होटलमा पुगेको अनुसन्धान अधिकृतहरु बताउँछन् । बिहान सुरक्षा गार्डले शव देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया