बिहिबार, मंसिर १४, २०८०
Thursday, November 30, 2023

काठमाडौं – लोकतान्त्रिक शेर्पा संघले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको उपस्थीतिमा ‘बृहत शेर्पा भेला’ भेलाको आयोजना गरेको छ । एमाले निकट शेर्पा संघले स्थानीय निर्वाचन केन्द्रीत भेलाको आयोजना गरेको हो ।

काठमाडौंको बौद्ध स्थित हायत रेजेन्सी होटलमा आयोजना आज हुने कार्यक्रमलाई अध्यक्ष ओली सहित पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ उपाध्यक्ष तथा संबिधानसभाका अध्यक्ष सुवास नेम्बाङ, पार्टीका उपमहासचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुुरुङ लगायतले सम्बोधन गर्ने आयोजकले जनाएको छ ।

यो भेला बिषेश र महत्वपूर्ण हुने भेलाका संयोजक नाम्गेल शेर्पाले बताए । ‘स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)लाई विजयी गराउनको निम्नी एउटा अभियानको आरम्भ हो,’ उनले भने, ‘समृद्धि र रुपान्तरणको पक्षमा शेर्पा समुदाय छ भन्ने सन्देश प्रवाह पनि हो ।’

नेकपा (एमाले) ले समृद्धिको अगुवाई गरेको कारण शेर्पा समुदाय पनि एमालेको पक्षमा रहेको उनको भनाई छ । ‘शेर्पा समुदाय समृद्धिको पक्षमा छ, समाजवादको पक्षमा छ त्यस कारण हामी एमालेको पक्षमा छौं’ उनले भने ।

तपाईको प्रतिक्रिया