Deneme Bonusu Veren Siteler
सोमबार, साउन ०७, २०८१
Monday, July 22, 2024

एजेन्सी – पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ ।

रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । ३७ वर्षीया रोनाल्डोले नवजात छोरी भने शकुशल रहेको बताएका छन् । जोडीले पहिले जुम्ल्याहा बच्चाहरूको आशा गरिरहेको बताएका थिए । रोनाल्डोको यसअघि नै चार सन्तान छन् ।

रोनाल्डोले आफ्नो नवजात छोराको मृत्यु भएको घोषणा गरेपछि क्रिस्टियानो रोनाल्डोले गोपनियता मागेका छन् । रोनाल्डो र रोड्रिग्वेजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गहिरो दुःखका साथ हामीले हाम्रो बच्चाको निधन भएको घोषणा गर्न चाहन्छौँ । यो सबैभन्दा ठूलो पीडा हो

जुन कुनैपनि आमाबाबुले महसुस गर्न सक्छन् । हाम्रो छोरीको जन्मले मात्र हामीलाई यस क्षणलाई केही आशा र खुसीका साथ बाँच्न बल दिन्छ । हामी डाक्टर र नर्सहरूलाई उनीहरूको सबै विशेषज्ञ हेरचाह र समर्थनको लागि धन्यवाद दिन चाहन्छौँ ।

हामी सबै यस क्षतिमा स्तब्ध भएका छौँ र हामी यो धेरै कठिन समयमा गोपनीयताको लागि अनुरोध गर्दछौँ । हाम्रो बच्चा, तिमी हाम्रो परी हौँ । हामी तिमीलाई सधैँ माया गर्नेछौँ ।’

तपाईको प्रतिक्रिया