शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – पृथ्वी बहादुर शाहको कारोबार शंकास्पद देखिएपछि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत खाता फुकुवा गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले वर्ल्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिको प्रभु बैंकमा रहेका खातामा अमेरिकाबाट आएको चार करोड ८० लाख रूपैयाँ फुकुवा गर्न सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

शाहले सो रकम फुकुवा गर्न गत साउन १२ मा दिएको निवेदन दिएका थिए । गतवर्षको असार र साउनमा गरी विभिन्न ६ वटा रिट निवेदनमार्फत शाहले सर्वोच्च अदालतमा राष्ट्र बैंकको निर्णयलाई चुनौती दिएकोमा गत वर्षकै साउन २४ मा सर्वोच्च अदालतले पाँच निवेदनमाथि अन्तरिम आदेश नदिने निर्णय गरेको थियो । बाँकी एउटामाथि सोमबार सुनुवाइ भएको हो ।

त्यसमा समेत सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अब शाहका खाता र कारोबारमाथि भइरहेको अनुसन्धान जारी रहने भएको छ । सर्वोच्च अदालतले शाहका सबै निवेदनलाई अब पूर्ण इजलासमा सुनुवाइ गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया