बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – विश्वको सबैभन्दा बढी उमेरको मानिने गोरिल्ला फाटोउले भर्खरै बर्लिन चिडियाखानामा आफ्नो ६५औं जन्मदिन मनाएको छ । फाटोउलाई अहिले जीवित मध्ये सबै भन्दा बढी उमेरको गोरिल्ला मानिन्छ ।

२०१९ मा, १९५६ मा जन्मेका गोरिल्ला ट्रुडीको मृत्यु भएपछि गिनिज वल्र्ड रेकर्ड्सले फाटोउलाई ‘बन्दीमा सबैभन्दा पुरानो गोरिल्ला’ रहेको प्रमाणित गरेको थियो ।

फाटोउलाई १९५९ मा बर्लिन चिडियाखानामा ल्याइएको थियो । त्यसबेला उनको उमेर करिब ३ बर्ष भएको अनुमान गरिएको थियो । गोरिल्ला सामान्यतया ५० बर्ष बाच्ने भएपनि फाटोउ ६५ बर्षको भएको चिडियाखानाले भनेको छ ।

चिडियाखानाले आफ्नो सामाजिक संजाल एकाउन्टमा लेखेको छ- ‘हाम्रो गोरिल्ला लेडीले आज आफ्नो ६५औं जन्मदिन मनाइरहेकी छिन्, जसले उनलाई संसारको सबैभन्दा वृद्ध गोरिल्ला बनाएको छ ।’

चिडियाखानाले फाटोउको जन्मदिन विशेष रुपमा मनाइदिएको छ । फाटेउलाई उसको जन्मदिनको अवसरमा जामुन र फलफूलले सजाइएको ६५ लेखिएको केक दिइएको थियो ।

तपाईको प्रतिक्रिया