शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

सोल – दक्षिण कोरियामा २४ घण्टाको अवधिमा ९३ हजार नयाँ कोभिड-१९ संक्रमित थपिएका छन् । शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड-१९ सङ्क्रमति भेटिएको स्वास्थ्य अधिकारीले बताएका छन् । नयाँ थपिएका सहित कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार ७५२ पुगेको हो ।

दक्षिण कोरियामा अघिल्लो दिन एक लाख ७ हजार ९१६ जनामा कोरोना सङ्क्रमण देखिएको रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) ले जनाएको छ । यहाँ एक हप्ताअघि एकै दिनमा एक लाख ६४ हजार ४५६ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

यहाँ कोरोना सङ्क्रमण घट्ने क्रममा रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गत २४ घण्टामा अर्थात् शनिबार मध्यरातिसम्म कोरोना सङ्क्रमणको कारण २०३ जनाको मृत्यु पुष्टि भएसँगै कूल मृतकको संख्या २१ हजार ९२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

खोपको दुई मात्रा लगाउने व्यक्तिको संख्या चार करोड ४५ लाख २६ हजार ४७१ पुगेको जनाइएको छ । यो संख्या दक्षिण कोरियाको कूल जनसंख्याको ८६.८ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया