शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडाैं – लुक्लाका लागि उडेको समिट एयरको विमान काठमाडौं फर्किएको छ । इन्जिनमा समस्या आएपछि विमान उडेको १५ मिनेटमै काठमाडौं फर्किएर सकुशल अवतरण गरिएको छ ।

कल साइन ९एनएएमपी विमान ११ बजेर ५ मिनेटमा उडेको र उड्ने बित्तिकै बायाँ इन्जिन समस्या देखिएपछि पाइलटहरुले एउटा मात्रै इन्जिनका भरमा काठमाडौंमा सकुशल अवतरण गराएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनका अनुसार उक्त विमानमा १० विदेशी, ५ नेपाली र ३ चालकदलका सदस्यसहित १८ जना सवार रहेका थिए ।

तपाईको प्रतिक्रिया