Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ- भैरहवामा यो वर्षकै बढी गर्मी भएको छ। तातो हावा चलेका कारण जनजीवन असामान्य भएको हो। भैरहवाको तापक्रम शुक्रबार ४० डिग्री नाघेको छ। भैरहवा विमानस्थलका अनुसार पछिल्लो २४ घण्टामा भैरहवाको तापक्रम ४० दशमलव २ डिग्री पुगेको हो।

रुपन्देहीको दक्षिणी क्षेत्रमा दिनभर तातो हावा चलेको थियो। उत्तरी क्षेत्रमा भने बिहिबार पानी परेका कारण केही शितल छ। शुक्रबार भैरहवापछि जनकपुर र नेपालगञ्जमा बढी तापक्रम छ। जनकपुरमा ३९.५ र नेपालगञ्जमा ३९ डिग्री तापक्रम पुगेको छ।

भैरहवा क्षेत्रमा तातो हावा चलेपछि सडकमा मानिसहरु निस्किन सकेका छैनन्। बाली भित्र्याउने बेला गर्मी ह्वात्तै बढेपछि किसान समस्यामा छन्। तराईमा अहिले गहु भित्र्याउने चटारो रहेको छ।

तपाईको प्रतिक्रिया