शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टाेकियाे – तपाईहरुलाई आँप कत्तिको मन पर्छ ? आँप भनेपछि केटाकेटी, बुढाबुढी मात्रै होइन युवायुवति र बयस्कहरु पनि भुतुक्कै हुन्छन् । आँप जति नै मँहगो भएपनि सिजनको बेलामा किलोका किलो मात्रै होइन क्रेट नै किनेर खाँदा पनि मन अघाउँदैन । तपाईले एक दाना आँपको लागि अहिलेसम्म कति मूल्य तिर्नु भएको छ ?

जापानको दक्षिण पश्चिम प्रिफेक्चर मियाजाकीमा भने एक दाना आँप २ लाख ५० हजार जापानी येनमा विक्री भएका छन् । अप्रिल १४ मा सो प्रिफेक्चरको मियाजाकी नगरस्थित एउटा होलसेल बजारमा भएको यस वर्षको पहिलो बोलकबोलमा ‘ताइयो नो तामागो’स्वर्ण अन्डा ब्रान्डको २ दाना आँपको मूल्य ५ लाख येन (३ हजार ९९ अमेरिकी डलर) कबोलिएको छ । यस्तो खालको बोलकबोलमा एउटै आँपले पाएको यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यस अघि सन् २०१९ मा पनि वर्षको पहिलो बोलकबोलमा पनि एक दाना आँप साढे २ लाख येनमा बिकेको थियो । आँपले पाएको यो मूल्य सन् २०२० को तुलनामा चाँहि २ दशमलव ५ गुणा धेरै हो । गुलियोपन १५ प्रतिशत भन्दा धेरै भएका अनि कम्तिमा ३५० ग्राम तौल भएका आँपलाई ‘ताइयो नो तामागो’स्वर्ण अन्डा ब्रान्डको आँपमा वर्गिकृत गरिन्छ । यहाँ यो आँप टिप्ने काम अप्रिलको अन्त्यमा शुरु हुन्छ अनि मे देखि जुनमा यो उत्कर्षमा पुग्छ ।

तपाईलाई आँपको मूल्य सुनेर अचम्म लागेको हुनु पर्छ । तर जापानमा फलफुल तरकारी वर्षेनी यसरी आयोजना हुने बोलकबोलल लाखौं येनमा विक्री हुन्छ । एउटै हलुवावेद, एउटा थुंगा च्याउ हामीले सुन्दा जिब्रै टोक्ने मूल्यमा बेचिन्छन् । –आर्थिक अभियानबाट

तपाईको प्रतिक्रिया