नागोया – नयाँ वर्षको अवसरमा स्याङ्जा समाज नागोयाले शुभकामना आदान-प्रदानसँगै स्मारिका विमोचन कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्षको दिन शुक्रबार नागोयामा आयोजित कार्यक्रममा वक्ताहरूले स्याङ्जा समाज, नागोयाले प्रकाशन गरेको ‘प्रवासी नेपाली’ स्मारिका देश अनि प्रवासमा भएका नेपाली लाई जोड्ने माध्यम बनेको भन्दै स्याङ्जा समाजको सामाजिक गतिविधिको प्रशंसा गरेका थिए ।
उनीहरूले स्मारिकामा हरेक क्षेत्रका लेख, रचना समेटिएको भन्दै यो सबैले पठनीय रहेको बताए । पुरै पेज रंगिन रहेको उक्त पुस्तक ९४ पेजको रहेको छ ।कार्यक्रममा प्रमुख अतिथि एनआरएनएका उपाध्यक्ष गोविन्द श्रेष्ठ, एनआरएनए आइसिसी सदस्य दीपक कार्की, एनआरएनए जापानका पूर्व सचिव एवं साहित्यकार विष्णुप्रसाद घिमिरे,नेसाजका अध्यक्ष अजय राना, दर्शन समाज जापानका संस्थापक अध्यक्ष एवं वर्तमान संरक्षक सुरज मल्ल, जनजाति महासंघ नागोयाका संरक्षक गङ्गा घर्तिमगर, गलकोट समाज जापानका अध्यक्ष यम खत्री, व्यवसायी डिलाराम खरेल , स्याङ्जा समाज जापानका अध्यक्ष ध्रुव ज्ञवाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन स्याङ्जा समाज नागोयाका सचिव विरेन गुरुङले गरेका थिए भने महासचिव मनोज ढुङ्गनाले आगन्तुकलाई स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम स्याङ्जा समाज नागोयाका अध्यक्ष एवं सञ्चारकर्मी निशान रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
निकट भविष्यमा नै स्याङ्जा समाज नागोया आयोजक एवं अन्य संघसंस्थाको सह आयोजनामा नागोयामा संघ संस्थाहरूको नेतृत्व विकास तालिमको आयोजना गरिने सञ्चारकर्मी समेत रहेका रानाले बताए ।