बिहिबार, मंसिर २१, २०८०
Thursday, December 7, 2023

काठमाडौँ​ – टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले ट्वीटर किन्ने आफ्नो प्रयास सफल हुन्छ कि हुँदैन भन्नेमा आफू निश्चित नभएको बताए। क्यानडाको भ्यानकुभरमा आयोजित ‘टेड २०२२; सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

मस्कले ट्वीटरले उनको प्रस्ताव अस्वीकार गरेमा आफूसँग ‘प्लान बी’ रहेको पनि बताए। तर, उनले आफ्नो योजनाबारे केही बताएनन् ।

उक्त कार्यक्रममा उनले ट्वीटरलाई अझ ‘ओपन’ र ‘पारदर्शी’ बन्न आवश्यक रहेको बताए । उनले भने, ‘ ट्वीटर अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भमा समावेशी हुनुपर्छ।’

एलन मस्कले ट्वीटर किन्न करिब ४० अर्ब डलरको अफर गरेको खबर बाहिरिएपछि उनको यो बयान आएको हो । मस्कले ट्वीटरको सेयरको बदलामा ५४.२० डलर अफर गरेका छन् ।

यसपछि, ट्विटरका सीईओ पराग अग्रवालले बिहीबार आफ्ना कर्मचारीहरूलाई आफ्नो कम्पनीले प्रस्तावको मूल्याङ्कन गरिरहेको बताए। रिपोर्टका अनुसार अग्रवालले कर्मचारीहरूसँगको बैठकमा ट्वीटरलाई यस अफरको बन्धकमा नराखिएको बताए ।

तपाईको प्रतिक्रिया